२०८१ बैशाख ८ गते शनिवार

काँग्रेस दाङका सभापति खड्काले दिए इदको शुभकामना


तुलसीपुर, जेठ १२ । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले इश्लाम धर्माबलम्बीहरुको पर्व इदको अवशरमा शुभकामना दिएका छन् । उनले समाजमा हरेक धर्माबलम्बीहरुका बीचमा समान अस्तित्व स्थापना हुन जरुरी रहेको बताए । सबै धर्म र समुदायका बीचमा आपसी सदभाव, भाइचारा कायम रहेमा मात्रै कुनैपनि मुलुकमा लोकतन्त्र बलियो बन्ने उनले विश्वास व्यक्त गरे ।

विद्यमान परिस्थितमा विश्व जगत कोभिड – १९ को महामारीसंग जुधिरहेको हुँदा परिस्थितिलाई मध्यनजर गर्दै इद मनाउन सभापति खड्काले मुस्लिम समुदायलाई आग्रह पनि गरेका छन् । घरमै बसेर, दुरी कायम गरि पर्व मनाउँदा कोरोना भाइरसको जोखिम बाट जोगिन सकिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *