२०८१ बैशाख १० गते सोमवार

सांसद केसीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरे


तुलसीपुर, जेठ ९ । दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले शुक्रवार तुलसीपुरमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साथै आफुले समेत रकम खर्चेेर पिपिई, पञ्जा, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सुरक्षा ल्याएर प्रदान गरेको केसीले जानकारी दिएका छन् ।

ती स्वास्थ्य सामाग्री तुलसीपुर उप–महानगरपालिका स्वास्थ्य शाखा, तुलसीपुर क्षेत्रका मिडिया हाउसमा कार्यरत सञ्चारकर्मी, इलाका प्रहरी कार्यालय तुलसीपुर , ट्राफिक प्रहरीलाई प्रदान गरिएको छ ।

कोरोना महामारीसंग जुध्न अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सुरक्षाको लागि ती स्वास्थ्य सामाग्री प्रदान गरिएको सांसद केसीले फरककोणलाई बताए ।वितरित स्वास्थ्य सामाग्री तीन लाख मुल्य बराबरको रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *