दाङ, जेठ ७ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ।बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरि नक्सा सार्वजनिक गरिएको हो।
गत सोमबार उक्त नक्सा मन्त्रालयमा पेश गरेपछि की सोही दिन मन्त्रिपरिषद्ले पारित गरिएको थियो । नेपालले नयाँ राजनीतिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ।
नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर बाट बढेर ३ सय ३५ वर्ग किलोमिटर पुग्ने बताइएको छ । भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक हालसालै उद्घाटन गरेपछि त्यसको तीव्र आलोचना हुँदै आएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार