२०८१ बैशाख ७ गते शुक्रवार

जेठ २० सम्म लकडाउन लम्बियो

तस्बिर : प्रधानमन्त्रीको स्वकीय सचिवालय

काठमाडौं, जेठ ४। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।  चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ।साथै लकडाउनलाई कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *