दाङ, जेठ ३ । शनिवार थप ६ जनामा कोरोना पुष्टि भएको छ । बर्दिया, सिराहा, बीरगन्ज, सर्लाही, चितवन लगाएका जिल्लाहरुमा नयाँ संक्रमित फेला परेका हुन ।
बर्दिया नार्खु ११ निवासी २८ बर्षीया एक महिला, सिराहाको सखुवा १९ निवासी ३० बर्षीय एक पुरुष, पर्सा बीरगन्ज १२ निवासी २८ र २९ बर्षीय दुई पुरुष, सर्लाही रामनगर ४ निवासी १८ बर्षीया किशोरी, चितवनको गढौली १ निवासी २५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा.समिरकुमार अधिकारीले शनिवार विहान १० बजे जारी गरेको विज्ञप्तिमा फेला परेका नयाँ संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको तथा अवस्था सामान्य रहेको जानकारी दिइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार