२०८१ मङ्सिर १७ गते सोमवार

प्रजातन्त्रका एक अथक योद्धा बस्नेतको निधन


तुलसीपुर, जेठ २ । नेपाली काँग्रेसका नेता तेजबहादुर बस्नेतको निधन भएको छ । विगत केही वर्ष अगाडिदेखि मृगौलामा उत्पन्न समस्याका कारण बस्नेत पीडित थिए । शुक्रवार विहान ६६ बर्षको उमेरमा उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो । महासमिति सदस्य बस्नेत मृगौलाको नियमित डायलासिस गर्नुपर्ने भएपछि पछिल्लो समय कोठा भाडामा लिएर उनी काठमाडौमा बस्ने गरेका थिए । पूर्व क्षेत्रीय सभापति तथा पार्टी भित्र निष्ठा र इमानको राजनीति गर्ने बस्नेत निर्भिक र निडर नेताका रुपमा परिचित थिए ।

तत्कालिन विद्रोही नेकपा माओवादीले हापुरे निवासी शालिकराम घिमिरेको हत्या गरेपछि ज्ञानप्रशाद सुवेदीलाई पनि आक्रमण गरि गम्भीर घाइते तुल्याएका थिए । उनीहरुलाई उद्धार गर्न प्रहरी प्रशासन समेत जान डराएपछि मध्य रातमा नेता बस्नेत एक्लै गएर हापुरेवाट सुवेदीलाई उद्धार गरेर ल्याउने नेता हुन । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बस्नेतको नधिनले पार्टीलाई अपुरनिय क्षति भएको बताए । खड्काले बस्नेतलाई एक इमान्दार प्रजातान्त्रिक योद्धाका रुपमा स्मरण गरे । ‘बस्नेतजी प्रजातन्त्रको एक अथक योद्धा हो,’ खड्काले भने ‘ उहाँको आँट,साहाश र क्रान्तिकारी धारको नेता, कार्यकर्ताले उच्च मुल्याङकन गर्न जरुरी छ ।’

२०११ सालमा जन्मिएका वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका एक अथक योद्धा हुन । प्रजातन्त्र र लोकतन्त्र प्राप्तीको आन्दोलनमा उनी पटक÷ पटक जेल परेका थिए । नेता बस्नेत व्यक्तिगत स्वार्थलाई हेर्ने र लाभको पदमा कहिलै नलागेका नेता हुन । काठमाडौंवाट उनको पार्थिव शरिर गृहजिल्ला दाङ तर्फ ल्याइदै छ । शुक्रवार नै बइईस्थित सितलपुर घाटनमा बस्नेतको अन्त्यष्टि गर्ने कुरा भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *