घोराही , वैशाख ३१ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित आइसियूकोउद्घाटन गरेका छन् ।प्रतिष्ठानमा निर्मित दश बेडेको आइसियू हालसालै निर्माण गरिएको छ ।घोराहीस्थित प्रतिष्ठानमा मुख्य मन्त्री पहिलो पटक प्रवेश गरेर स्थलगत निरिक्षण समेत गरेका छन् ।
प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीलाई गुरु योजनासहित आृउन आग्रह गर्दै मुख्य मन्त्रीले प्रतिष्ठानको विकाश तथा हितकालागि सबै खालको सहयोग गर्ने प्रतिवद्धता जोहर गरेका छन् ।
प्रतिष्ठानको विकाशका लागि आवश्यक पर्ने पर्याप्त बजेटको व्यवस्था गर्ने समेत उनले विश्वास दिलाएका छन् । अस्पतालको सेवाबिस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायले सहयोग गर्नुपर्ने मुख्य मन्त्रीले बताएका छन् ।
त्यसक्रममा उनले पिसिआर मेसिन, भेन्टिलेटरसहितको एनआइसियु र पिआइसियूको निरिक्षणपनि गरेका छन् ।नेपकाका प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले सबैखाले बिरामीको उपचारका लागि प्रतिष्ठानले संधै ढोका खुल्ला राख्नुपर्ने बताएकाछन् ।
अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट बिरामी रेफर गर्न नहुने भन्दै उनले सबैखाले उपचारको केन्द्र प्रतिष्ठान बनाउने गरि सबै अस्पतालबाटरेफर भएर आउने बिरामीको उपचार गर्न प्रतिष्ठान सक्षम हुनुपर्ने धारणा राखे । मुख्य मन्त्रीको स्थलगत निरिक्षण र आश्वासनलेप्रतिष्ठानको विकाशमा विकाशमा टेवा पुग्ने अपेक्षा गरिएको उपकुलपति डा. संगीता भण्डारीले प्रतिक्रिया दिइन ।