२०८१ पुष २९ गते सोमवार

अबदेखि एक जिल्लावाट अर्को जिल्ला जान नपाइने


काठमाडौं, वैशाख ३० । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरेका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको हो ।

गृहको यो निर्णय मंगलवार नै ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।तर काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा भने यो नियम लागु नहुने जानकारी दिइएको छ । तर उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने नपाइने भएको छ ।

सरकारी कर्मचारीको हकमा भने सम्बन्धित मन्त्रालयका सचिव र बैंक र वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *