२०७८ जेष्ठ ४ गते मङ्गलवार

अग्रपंक्तिमा खटिने पत्रकारको स्वास्थ्य परीक्षण गर्न माग

दाङ, वैशाख ३० नेपाल पत्रकार महासंघले पत्रकारलाई कोरोना परीक्षण गर्न माग गरेको छ।पर्साका दुई जना पत्रकारमा कोरोना भाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेरपत्रकारको पिसिआर प्रविधिबाट परीक्षण गर्न माग गरेका हुन

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पनि अग्रपंक्तिमा खटिने पत्रकारको पिसिआर विधिवाट कोरोना परीक्षण हुनुपर्ने माग गरेका छन् फरककोण संगको सम्वादतमा पोखरेलले समाचार संकलनमा अग्रपंक्तिमा खटिने पत्रकारलाई स्वास्थ्य सुरक्षामा ध्यान दिनपनिध्यानाकर्षण गराएका छन्

महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा पनि संवेदनशील घडीमा सीमित स्रोत, साधन अनेक कठिनाइका बाबजुद कार्यस्थलमाखटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरू अझ बढी गम्भीर सचेत हुनु अपिल गरेका छन्

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *