२०८१ माघ १० गते बिहिवार

मुख्यमन्त्री पोखरेलको स्ट्याटस – अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन


दाङ, वैशाख ३० । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना संक्रमितलाई अस्पताल ल्याउन रोकटोक गर्नु सही नभएको आसय व्यक्त गरेका छन् । बर्दियाकी ११ बर्षीया संक्रमित बालिकालाई दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल ल्याउन लागेको हल्ला व्याप्त भएपछि सामाजिक सञ्जाल मार्फत त्यसको सर्वसाधारणले व्यापक आलोचान गरेपछि मुख्य मन्त्रीले सामाजिक सञ्जालमा त्यस्तो आसय व्यक्त गरेका हुन ।

‘कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो,’ नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले अगाडि लेखेका छन् ‘ कोरोना विशेष अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन।’बर्दिया जिल्लाकी पहिलो कोरोना संक्रमित बालिकालाई दाङ वा बाँके कहाँ लैजाने भन्ने टुङ्गो लागि सकेको छैन ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *