सुशील बस्नेत,
तुलसीपुर,बैशाख २८ । कोभिड १९ र मानव अधिकारको अबस्थाको बारेमा सरोकारवाला पक्षसंग भिडियो कन्फरेन्स भएको छ । कन्फरेन्समा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका निर्देशक चन्द्रकान्त चापागाईले राहत बितरणमा केही अबस्थित भएका जानकारी प्राप्त भएको हुँदा सर्वदलिय सहमतिको आधारमा बितरण गर्न सुझाए । त्यस्तै उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल बढाउनु सबैको कर्तब्य भएको धारणा राखे ।
ओरेक नेपाल दाङका संयोजक ईश्वरी थापाले लकडाउनको यो अवधिमा दाङमा ५८ वटा बिभिन्न किसिमका हिंसासंग सम्बन्धि घटना भएको जानकारी दिए । समूदायमा कुटपिट, दाईजो, बालबिबाह लगायतका घटना र बिदेशबाट आएका ब्यक्तिहरुलाई समुदायले गर्ने अपहेलनाका घटना प्राप्त भएको उनले जानकारी दिए । मुस्लिम आयोगको मस्जिद मदरसा अनुगमन समितिका दाङ संयोजक साजिदा सिद्धिकीले लकडाउनमा सबैभन्दा बढी हिंसामा मुस्लिम समूदाय परेको गुनासो गरिन ।
‘मुस्लिम समुदायले नै कोरोना भित्र्याएको जस्तै गरि आरोपहरु लगाउने गरिएको छ,’ उनले भनिन् ‘अन्य समुदाय भन्दा कयौं गुणा बढी अपराध गरेको झै ठेस पु¥याउने काम भइरहेको छ , त्यो बन्द हुनुपर्छ ।’ दाङका २१ वटा मस्जिद र मदरसाको अनुगमन गरिएको र त्यहाँ बसेका मौलाना,शिक्षक शिक्षिका लगायतलाई कोरोना भाइरसबारे सचेतना दिइएको उनले बताइन ।
राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको मानव अधिकार अनुगमन समितिका दाङ संयोजक एबम नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले लकडाउनलाई सबैले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष ऋषिराम शर्मले राहत बितरणलाई ब्यबस्थित नगरेका पालिकाहरुमा अतिबिपन्न र श्रमिक मजदुर मर्कामा परेको बताए । उनले तरकारी र फलफूल बिक्रि गर्न बजार आएका किसानलाई प्रहरी प्रशासनले दुःख दिने गरेको आरोप लगाए ।