२०८२ पुष २९ गते मङ्गलवार

तुलसीपुरमा तरुणदल र नेविसंघको विरोध प्रदर्शन

तुलसीपुर, वैशाख २७  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठन नेपाल तरुण दल नेपाल विद्यार्थी संघले शनिवारतुलसीपुरमा पर्दशन गरेका छन् भारतले नेपालीको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक खण्ड निर्माण पछि उद्घाटन गरेपछितरुण दल नेविसंघले त्यसको विरोधमा शांकेतिक प्रदर्शन गरेका हुन

तुलसीपुरको बीपी चोकमा नेपाल तरुण दलका दाङ जिल्ला अध्यक्ष टिका घर्तीको नेतृत्वमा भएको विरोध पर्दशन कार्यक्रममानेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरेसहित झन्डै १२ देखि १५ जना युवाहरुले प्रदर्शन गरेका हुन

उनीहरुले दुई तिहाई बहुमतको नेकपाको सरकारले नेपाली भूभागमा भारतले निर्माण गरेको सडक खण्ड नरोकेको भन्दै आक्रोस व्यक्तगरेका छन्   लिपुलेक हाम्रै हो, त्यो तुरुन्त फिर्ता गर, नालायक सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे भन्ने जस्ता नारावाजी गरेका थिए

आफुलाई राष्ट्रबादी भन्ने प्रधानमन्त्री केपी ओलीको राष्ट्रघाती चरित्र लिपुलेक काण्डले छताछुल्ल भएको तरुण अध्यक्ष घर्तीले दाबी गरे उनले राष्ट्रियताको सवालमा आम देशवासी एक ढिक्का हुनुपर्ने धारणा राखे

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *