२०८१ मङ्सिर २७ गते बिहिवार

सिडियो आएर मिलाए प्रहरी र व्यापारी बीचको किचलो

तस्बिर : शरद रेग्मी

तुलसीपुर ,बैशाख २७ । तुलसीपुरमा प्रहरी र व्यापारी बीचको किचलो मिलेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजाल आएर उत्पन्न किचलो छलफल मार्फत समाधान गरेका हुन । उनले शनिवार दुबै पक्षका बीचमा छलफल गरेर उत्पन्न समस्याको समाधान गरेका हुन । प्रअिज रिजालले गल्ति गर्ने प्रहरी अधिकारीलाई आत्मआलोचना गर्न लगाएका थिए ।

छलफल तुलसिपुर उधोग बाणिज्य संघमा भएको हो । छलफलले उत्पन्न समस्या समाधान भएको तथा आइतवारदेखि अत्यावश्यक सेवाहरु सुचारु गर्ने निर्णय भएको बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिए । शुक्रवार मात्रै प्रहरी पसल भित्रै घुसेर व्यापारीलाई कुटेको भन्दै वाणिज्य संघले अनिश्चितकालका लागि ब्यापार,ब्यबसाय तथा सम्पूर्ण सेवा वन्द गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामिछाने,जिल्ला प्रहरी प्रमुख गणेश चन्द लगायत बाणिज्य सघंका निवर्तमान अध्यक्ष बिमल रिजाल,संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,पुर्ब अध्यक्षहरु गनेश प्रेम श्रेष्ठ, हेमन्त रिजाल बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावत र इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि हरिहरनाथ योगी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *