२०८१ बैशाख १३ गते बिहिवार

प्रहरीको दमन विरुद्ध तुलसीपुरमा सबै सेवाहरु अनिश्चितकालका लागि वन्द

तुलसीपुर, बैशाख २६ प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर बजारका पसलहरु अनिश्चित कालकालागि वन्द आह्वान गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले शुक्रवार एक विज्ञप्ति मार्फत तुलसीपुरकाक्षेत्रमा अनिश्चित कालिन रुपमा व्यापार, व्यवासय लगाएत सबै प्रकारका सेवाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्

चैत्र ११ गतेदेखि लगडाउन सुरु भएपनि  तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्न पसलहरु विहान बजेदेखि वजेसम्म खुल्ने गरेकाथिए स्थानीय सरकार प्रहरी प्रशासन संगको समन्वयमा अत्यावश्यक पसलहरु खोल्ने गरिएको भएपनि प्रहरीले पसल भित्रै प्रवेशगरि जथाभावी लाठी प्रहार गर्ने गरेको तथा व्यवसायीहरुलाई समेत पक्राउ गरेको वाणिज्य संघले आरोप लगाएको

शुक्रवार विहान  प्रहरीले व्यवसायी कृष्णवहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै प्रवेश गरि कुटपिट गरेको भन्दै बाणिज्य संघलेत्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको

बाणिज्य संघले प्रहरीले अतिआवश्यक ग्यास बोकेका गाडिहरु समेत नियन्त्रणमा लिने गरेको बताएको यो विषयमा संघकापदाधिकारीले शुक्रवार नै तुलसीपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीसग छलफल गरेका छन् उनले आइन्दा यो गल्ति नदोहरीनेप्रतिवद्धता जाहेर गरेको संघका पदाधिकारीले जानकारी दिएका छन्

सरकारले ४२ प्रकारका कामहरु गर्न खुल्ला गरेपनि तुलसीपुरमा प्रहरीले शुक्रवार विहान सम्म तरकारी बोकेका गाडिहरु गाउँघरवाटतरकारी ल्याएरका किसानलाई समेत नियन्त्रणमा लिएको थियो

किसानले प्रहरीले बजारमा सुकिला मुकिलालाई गर्ने व्यवहार गाउँघरवाट आउने किसानलाई गर्ने व्यवहार फरक भएको भन्दै विरोधगरेका थिए बजारका सुकिला मुकिला मासिनहरु लखर लखर हिड्दापनि केही भन्दैन तर हामी तरकारी ल्याउनेलाई समातेर लैजान्छ,’ एक किसानले भनेतुलसीपुरमा प्रहरीको व्यवहार समान छैन

राज्यको निर्णय समेत तुलसीपुरमा प्रहरीले नमान्ने गरेको उनको आरोप थियो बाणिज्य संघको बैठकमा संस्थापक अध्यक्षडिल्लीवहादुर वस्नेत, पूर्व अध्यक्षहरु गणेशप्रेम श्रेष्ठ, चिरन्जिवी रिजाल, उत्तमकुमार श्रेष्ठ, हेमन्तकुमार रिजाल, विमल रिजाललगायतले व्यवसायीको हकहितका पक्षमा धारणा राखेका थिए

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *