२०८१ माघ ९ गते बुधवार

सरकारले नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने

काठमाडौं, वैशाख २५। संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम जेठ २ गते पेश हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

वैशाख २८,२९ र ३० गते प्रि बजेट बारे संसदमा छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो। तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।  संसदको बजेट अधिवेशन २६ गतेबाट सुरु हुँदैछ। संसद बैठकमा सहभागी हुन सांसदहरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। संसद बैठक सामाजिक दुरी कायम राखेर गर्ने तयारी सचिवालयको छ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *