दाङ, वैशाख २४ । बीरगन्जमा बुधवार थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९पुगेको छ ।
पर्साको बीरगन्जमा फेला परेका नयाँ संक्रमितमा २ महिनादेखि ६६ बर्ष उमेर समुहका मानिसहरु रहेका छन् । जसमा ७ महिला र १०पुरुषहरु रहेका छन् ।
स्वास्थ्य मन्त्रलायका प्रबक्ताले बुधवार गरेको पत्रकार सम्मेलनमा त्यहाँ उपचाररत ६ जना संक्रमित भने उपचार पछि निको भएर घरफर्किएको जानकारी दिए ।
नेपालमा हालसम्म ७१ पुरुष र २८ महिलामा कोरोना पुष्टि भएको र त्यसमध्य २२ जना उपचारपछि निको भएर घर फर्किएको जानकारीदिइएको छ ।
हालसम्मको विवरण अनुसार कर्णाली प्रदेशमा मात्रै कोरोनाको संक्रमण फेला परेको छैन । सुदरपश्चिम प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा२४ जना, गण्डकी प्रदेशमा २ जना , बागमती प्रदेशमा ७ जना, प्रदेश नं. २ मा ३० जना र प्रदेश नं. १ मा ३१ जना संक्रमित फेला परेका छन्।