
मन्त्रिपरिषद बैठक । तस्बिर: सूर्य थापाको ट्वीटरबाट
काठमाडौं, वैशाख २४ । सरकारले जेठ ५ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । लकडाउनको अवधि विहीवार सकिँदै थियो।
नेपालमा हाल ८२ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते लकडाउन सुरु गर्दा २ जना मात्रै कोरोना संक्रमित फेला परेका थिए । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन लगाउँदै आएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार