
चितवन, वैशाख २३ ।सरकारद्धारा प्रतिवन्धित समुह नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्माचितवनमा पक्राउ परेका छन् ।
चितवनको पूरानो मेडिकल कलेजबाट शर्मालाई मंगलवार विहान उपचार गराउन गएको समयमा पक्राउ गरेको हो ।
तर उनले मेडिकल कलेजमा नाम लेखाउँदा भने फरक नाम रमेश रिमार भनेर लेखाएको प्रहरीले जानकारी दिएको छ । शर्माबारेअनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार