निशान भट्टराई,
घोराही, बैशाख २३ । प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जेनरल अस्पतालकारुपमा विकास गर्नुपर्ने बताएका छन् ।मंगलवार प्रतिष्ठानको नियरक्षण गर्ने क्रममा उनले
प्रतिष्ठानमा एउटा मात्रै कोरोना पोजेटिभ केश आएमा सबै सेवा प्रभावित हुने भन्दै त्यसलाई जेनेरल अस्पतालका रुपमा विकाश गर्नुपर्नेबताएका हुन ।
‘एउटा कोरोना पोजेटिभ केश आयो भने त प्रतिष्ठानको सबै सेवा प्रभावित हुन सक्छ,’ बरालले भने ‘ त्यसैले कोरोना पोजेटिभ केशआएमा कोरोना अस्पताल बेलझुण्डी राख्ने ब्यबस्था मिलाऔ ।’
बराललले पोजेटिभ केश आएमा कोरोना अस्पताल बेलझुण्डिम राख्नु पर्ने र प्रतिष्ठानको जनशक्ति तथा उपकरणको बेलझुण्डीमा लगेरसेवा दिनु उपयुक्त हुने तर्क गरे ।
प्रतिष्ठानमा सबैखाले बिरामीले सेवा लिइरहेकाले कोभिडका बिरामिलाई बेलझुण्डिको कोरोना अस्पतालमा राख्ने गरि ब्यबस्थामिलाउँदा उपयुक्त हुने उनको भनाइ छ ।
‘प्रतिष्ठानमा जेनरल सेवा सुरु गर्ने गरि काम गरौ, बेलझुण्डी र तुलसीपुर अस्पताललाई कोरोनाकै अस्पतालकैरुपमा बिकास गर्दाप्रतिष्ठानको सेवा प्रभावित हुदैन,’ मन्त्री बरालले भने ।कोरोनाको शंकाका सबै बिरामी अस्पतालमा ल्याउनु भन्दा स्वाब लिएर परिक्षणगर्ने काम प्रतिष्ठानबाट गर्नु उपयुक्त हुने उनले बताए ।
प्रतिष्ठानले जेनरल सेवा दिने गरि बिकास गरेमा बिरामीले सहजरुपमा स्वास्थ्य सेवा पाउने उनको विश्वास थियो ।मन्त्री बरालले प्रदेश५ का स्वास्थ्य निर्देशक बिनोद गिरीलाई लगेर निरीक्षणमा आएका थिए ।
उनले कोरोना परीक्षणका लागि सञ्चालित पिसिआर मेसिन, अस्पतालको दश बेडको आइसियु, ओपिडि लगायत सम्पुर्ण सेवा प्रबाहकोबारेमा जानकारी लिएका छन् ।
त्यसक्रममा लकडाउन अबधिभर प्रतिष्ठानले प्रदान गरिरहेको सेवाको बारेमा अस्पताल निर्देशक डा. सागर पन्थि, डिन डा. बसन्तलामिछाने र कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देबले जानकारी गराएका थिउ ।
उनीहरुले सिमित स्रोत साधन र थोरै जनशक्तिको बाबजुदपनि प्रभाबकारी सेवा दिएको भन्दै अस्पतालको बृहत्तर हितका लागि राज्यलेसहयोग गर्नुपर्ने ध्यानाकर्षण गराएका छन् ।