बैशाख २१। बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् बाँकेमा ९ जनामा संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगन्जमा कोरोना संक्रमित भएकाहरु मध्य ५ जना पुरूष र ४ जना महिला छन्।
त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । त्यसमध्ये १६ जना निको भएका छन्।
प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार