२०८१ माघ ९ गते बुधवार

वामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, वैशाख २०। सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ। नेकपाको बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता गौतमलाई प्रतिनिधिमा लैजाने निर्णय भएको बताए। ‘उपयुक्त समयमा उहाँलाई प्रतिनिधि सभाको उम्मेद्वार बनाउने र प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘त्यसभित्रै प्रधानमन्त्री बनाउने विषय अन्तरनिहित छ।’

उनले सचिवालयको निर्णयले वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने ढोका खुल्ने बताए। गौतम प्रतिनिधि सभाको बैठकमा बर्दिया क्षेत्र नं १ मा पराजित भएका थिए। उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग हार बेहोर्न पुगेका थिए। यसअघि नेकपाको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो।

तर उक्त निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गरेका थिएनन्। तर नेकपाको अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नै वामदेवलाई प्रतिनिधि सभामा ल्याएर प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्रीको प्रस्तावमा उनी सकरात्मक देखिएका थिए।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *