देविराम कुसारी,
दाङ, वैशाख २० । महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेड घोराही दाङले दोश्रो चरणको राहात वितरण सुरु गरेको छ । बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग प्रदान गर्न सुरु गरेको छ । संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले प्युठान र दाङका स्थानीय तहवाट पहिलो चरणको राहात वितरण सुरु गरेको जानकारी दिइन ।
संस्थाले दोश्रो चरण अन्तरगत सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको छ । सल्यानको शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको घोराही उप–महानगरपलिकालाई सहयोग प्रदान गरेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिए । घोराहीको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी बडा नंं. १७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई संस्थागत रुपमा १६ हजार एक सय रुपैयाँको खाद्यान्न प्रदान गरेको दोश्रो चरण अन्तरगत संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिए ।
सल्यानको शारदा नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका कनिष्ठ अधिकृत शरद गिरीले नगर प्रमुख सुरेश अधिकारीलाई २० हजार नगद प्रदान गर्नु गरेको जानकारी दिइएको छ । त्यसैगरी बाघचौर नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका कनिष्ठ अधिकृत नमबहादुर केसीले ३० हजार रुपैंया प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतलाई प्रदान गरिएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिकाको गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी गाउँपालिका प्रमुख शान्तकुमार बलीलाई संस्थाका कनिष्ठ अधिकृत केशब शर्माले ३० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।