२०८२ जेष्ठ ४ गते शुक्रवार

लामिछानेले कार्यबहाक पाएपछि बसाले पहिलो बैठक


तुलसीपुर, वैशाख २० । तुलसीपुर उपमहानगरपालिकामा कार्याबहाक मेयरको जिम्मेवारी सम्हालेपछि शनिवार नवराज लामिछानेले पहिलो बैठक बसालेका छन् । शुक्रवार कार्यबहाक मेयरको जिम्मेवारी पाएका उनले भोलिपल्ट (शनिवार) कोरोना विपद् व्यवस्थापन समितिको बैठक आह्वान गर्न लगाएका हुन ।

तुलसीपुर वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका लामिछाको प्रमुख आथित्यमा शनिवार विपद व्यवस्थापन समितिको बैठक बसेको हो । यसअघि मेयर घनश्याम पाण्डे अनुपस्थित रहँदा कार्यबहाक मेयरको हैसियले वडा नं. १२ का वडा अध्यक्ष सूर्यबहादुर डाँगी यस्ता बैठकहरुको नेतृत्व गर्ने गर्दथे । शुक्रवार नै कार्यबहाकको जिम्मेवारी बाट हटाइएपछि शनिवारको बैठकमा नगर प्रबक्ता समेत रहेका डाँगी भने उपस्थित भएनन् ।

कार्यवाहक नगरप्रमुख लामिछानेको प्रमुख आतिथ्यतामा भएको शनिवारको बैठकमा सुरक्षाकर्मी, एम्वुलेन्स चालक र अन्य सरोकारवालको समेत सहभागिता रहेको नगरका प्रेस संयोजक बशन्त आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *