२०८१ बैशाख १५ गते शनिवार

डाँगीबाट खोसेर लामिछानेलाई कार्यबहाक मेयरको जिम्मेवारी

तस्विर : राजेश खत्री

तुलसीपुर, वैशाख १९ । तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक मेयरको जिम्मेवारी शुक्रवार नवराज लामिछानेलाई प्रदान गरिएको छ । काठमाडौंमा रहेका मेयर घनश्याम पाण्डेले सूर्यबहादुर डाँगीलाई हटाएर वडा नं. ६ का वडा अध्यक्ष लामिछानेलाई उक्त जिम्मेवारी सुम्पिएका छन् । वडा नं. १२ का अध्यक्ष समेत रहेका डाँगी नगर प्रबक्ताको जिम्मेवारीपनि छन् ।

एकाएक कार्यबहाक खोस्नुपर्ने कारण सोध्दा उनले जाँडरक्सि खाएर मर्यादा विर्सेनेहरुका कुरा धेरै नगरौं है भन्ने जवाफ मात्रै दिए । भने ‘बढ्दा छट्टाउन थालेपछि त ठिक गर्नु प¥यो नि हैन र ?’विश्वसनिय स्रोतका अनुसार विहीवार बेलुका तुलसीपुर मा कार्यबहाक मेयर डाँगी, वडा नं. का अध्यक्ष बालकृष्ण राना मेयरपाण्डेका स्वकीय सचिव धर्मबहादुर वलीले मदिरा सवेन पछि फेसबुक लाईभमा आएर कतिपय वडा अध्यक्ष, मेयर पाण्डे लगाएतको कार्यसैलीको  टिप्पनी गरेका थिए

मेयर निकटका एक कर्मचारीले भने–‘त्यो कुरा मेयरले थाहाँ पाएपछि कार्यबहाक मेयरको जिम्मेवारी एकाएक खोसेर लामिछानेलाई दिनुभएको हो।’ त्यो कुरा मेयर पाण्डेलाई सोध्दा उनले पनि नकारेनन् । बरु भने–‘म काठमाडौंवाट आइतवार तिर फर्किन्छु अनि थप कारवाहीको प्रक्रिया अगाडि बढ्छ।’

विश्वसनिय स्रोतका अनुसार मदिरा सेवन गरि आफ्नो फेसबुकमा लाईभ आउने स्वकीय सचिव वलीलाई उनले जागिरवाट हटाउने गरि कारवाही गर्न थालेका छन् । त्यस्तै कार्यबहाक मेयरवाट हटाइएका नगर प्रबक्ता समेत रहेका डाँगीलाई कार्यपालिकाको बैठक बसालेर अनुमोदन गराएर उक्त पदवाट समेत हटाउने कसरत सुरु गरेका छन् । एक जना वडा अध्यक्षले मदिराले मातेर आफ्नो पदिय मर्यादा र आचरण विपरितका गतिविधि गर्नेहरुलाई मेयरले कारवाही गर्नुले सबैलाई सवक हुने तर्क गरे ।

विहीवार नगर प्रमुखको हैसियतले डाँगी, वडा नं ४ का अध्यक्ष बालकृष्ण राना मेयरका स्वकीय सचिव वली लगायतको टोली अनुगमनको लागि वडा नं ४ मा पुगेको थियो । त्यही क्रममा उनीहरु मदिरा पसलमा छिरेर मदिरा सेवन पछि फेसबुक लाइभमा आएर बोलेको आरोप लागेको छ । यद्यपी सामाजिक सञ्जाल मार्फत वलीले त्यो लाईभ भिडियो भने हटाई सकेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *