२०८१ बैशाख ११ गते मङ्गलवार

रोल्पा घटनाको अनुसन्धान र छाविनगर्न काँग्रेसको माग

दाङ, बैशाख १९ । नेपाली कांग्रेसले रोल्पा घटनाबारे अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्ष दल काँग्रेसले घटनाको गहिरो अनुसन्धान गरि दोषीको पहिचान र कारवाहीको माग समेत गरेको छ ।

त्यस्तै उस्ले बेवारिसे बमको खोजी कार्यमा गम्भीर रूपले लाग्न, त्यस्ता बमहरुलाई निस्कृय पारेर सर्वसाधारण नागरिकको जनजीवन सुरक्षित पार्न मागपनि गरेको छ। बिहीबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार बालबालिकाको बेवारिसे बम विष्फोटका कारण मृत्यु भएको थियो।

बिस्फोटमा परेर ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *