दाङ,वैशाख १९ । कपिलवस्तुका एकजना वडाध्यक्षलाई लक्षित गरि मध्यरातमा गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रवार विहान राति १ बजेतिर सुतिरहेको अवस्थामा लक्षित गरि ४ राउन्ड गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
‘खोरिया गाँउस्थित आफ्नै घरमा सुति रहेको समयमा वडा अध्यक्षलाई लक्षित गरि चार राउण्ड गोली प्रहार भएको भन्ने छ,’ प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले भने ‘ हामीले आशंका गरिएका एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।’वडाध्यक्षले आफुलाई दुईजना अपरिचित व्यक्तिले लक्षित गरेर गोली प्रहार गरेको जानकारी दिएका छन् । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार