
फाइल तस्बिर
तुलसीपुर, बैशाख १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना दिएका छन् । गरेर खाने मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको उनले उल्लेख गरेका छन् ।
नगर भित्र रहेका गरिखाने वर्गलाई छनोट गरेर ७ हजार वढिलाई खाद्यान्न लगायतको व्यवस्था गरिसकिएको उनले बताएका छन् । मजदुरहरुलाई गरिखाने व्यवस्था मिलाउनका लागि नगरले श्रम वंैकको अवधारणा अगाडि वढाएको समेत उनले बताएका छन् ।
मजदुरहरुलाई हेर्ने सामाजिक दृष्टिकोण फराकिलो वनाउन आवश्यक रहेको उनले जोड दिएका छन् । देशलाई गतिशिल वनाउने भनेकै मजदुर वर्गले भएको हुँदा श्रमलाई सबैले सम्मान गर्नुपर्ने उनले बताएका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार