२०८१ बैशाख ११ गते मङ्गलवार

बैंकवाट भत्ता बुझ्न जेष्ट नागरिकलाई सास्ति


राजेश खत्री,
तुलसीपुर, वैशाख १८ । बुधवार विहान साढे ८ बजे अगाडि देखि नै तुलसीपुरस्थित कृषि विकाश बैंक शाखा कार्यालय अगाडि जेष्ट नागरिकको भिड भाड छ । तुलसीपुर उपमहानगरपािलका वडा नं. ६ निवासी ७९ बर्षीय मित्रलाल उपाध्याय भत्ता बुझ्न भनेर विहनै केही नखाएर घरबाट हिडेका रहेछन् । ‘हातमा घडि छैन, कति बजे हिडे थाहाँ छैन,’ उपाध्यायले भने ‘खाने चामल सकिएको हुँदा पैंशा निकाल्न आएको हुँ।’

यति भन्दै गर्दा उनका आँखाभरी आँशु रसाए । ‘छोराछोरी सबै आ–आफ्नो ठाउँमा गए, बुढाबुढी र एउटा सानो नातिनी मात्रै छौं, खाने चारो सकियो अनि आउन बाध्य भए,’ उनले भने । चुनावको समयमा उम्मेदवारले घरमै बृद्धभत्ता ल्याइदिने भनी दिएको आश्वासन उनले यतिबेला झलझल्ती संझेका छन् ।तर आज जनप्रतिनिधि कोही सोध्न आउँदैनन् । देखा पर्दैनन् भन्ने गुनासो उनले गरे ।

नजिकै ८४ बर्षीया कली सुनार्नी टुकरुक्क भुईमा बसेकी थिइन । उनीपनि भत्ता बुझ्न आएकी हुन ।आँखा नदेख्ने उनी बुहारी संग अटो चढेर आएकी रहिछन् । तलसीपुर ६ मोतिपुरवाट भत्ता लिन आएका ७५ बर्षीय नोखिराम बस्नेत पौैने १ घन्टामा हिडेर विहान साढे नौं बजेतिर त्यहाँ आइपुगेका रहेछन् ।

भत्ता वितरण गर्न विहान साढे ८ बजेदेखि नै कर्मचारी खटाएर भत्ता बाँड्ने काम भइरहेको थियो । कार्यालयका सहयोगी कर्मचारी बुद्धिबहादुर बस्नेत सकड नजिकै कुर्सीमा बसेर जेष्ट नागरिकका हात समातेर ल्याप्चे लगाइ दिन्थे । निकाल्नु पर्ने रकम सोध्दै आफै चेक लेखेर तयार पारी दिन्थे । ंजोखिम भएपनि के गर्ने उपाए थिएन ।

माथिको निर्देशन मान्नै पर्ने । बैंकका एक कर्मचारी तुलसीराम वलीले त्यही आसय व्यक्त गरे । ‘कसैले अर्कैको चेक ल्याएर आएका हुन्छन् । ल्याप्चे नलगाएर सिग्नेचर कार्ड भिडाउनुपर्ने अवस्थामा एउटाको पैंशा अर्कैले लैजाला भन्ने तनाव हुन्छ,’ वलीले भने । उनले तुलसीपुरका १९ वटा वडाहरु मध्य वडा नं. ५, ६, ७ र वडा नं. १९ मा मात्रै स्थानीय स्तरमै बैंक सेवा उपलब्ध छ ।

७६ बर्षीया गौरी बस्नेत तुलसीपुर बजारस्थित मेघा बैंक अगाडि सडक पेटीमा बेसेकी छिन । दमकी रोगी बस्नेत तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मटेरास्थित घरवाट विहान ६ बजे नै बुढाबुढी घरबाट हिडे । विहान ८ बजे बैंकमा आइपुगिन । केही खाएका छैनन् । दमकी विरामी,बस्नेतलाई पथ्थरी र पाइल्स रोगले पनि सताएको छ । ओखती खाने पैंशा सकिएपछि उनी यसरी सास्ती झेल्दै आएको बताइन ।

सिमसिम पानीपनि परिरहेको थियो । बस्नेतसंगै सडक पेटीको लाइनमा बसेकी छन ६८ बर्षीया हिरादेबी पुन । बुढागाउँ निवासी उनीपनि विहान ६ बजे नै घरवाटद केही नखाएरै हिडेकी हुन । उनलाई पनि दुई घन्टा जति बंैक आउन समय लाग्यो । मुटुकी विरामी उनी तीन दिन अगाडि पनि त्यसैगरी आएकी थिइन । दिनभर बसेपनि पालो नआएपछि फर्केर गएकी थिइन ।

औषधी किन्ने पैंशा नभएको हुँदा उनी भत्ता ल्याउन आएकी रहेछिन । मुटुकी विरामी उनले मासिक ३ हजारको औषधी खानु पर्छ । उनीहरु संग कुरागर्दा विहानको दश बजिसकेको थियो । केही नखाएका उनीहरु भोकै थिए । मेघा बैंकको सडक पेटीमा धेरै त्यस्ता जेष्ट नागरिकहरु भत्ता भिन आएका थिए । बैंकका सुरक्षागार्ड यक्षबहादुर भण्डारीका अनुसार अफिस विहान ११ बजेबाट मात्रै खुल्छ । त्यतिबेलै कर्मचारी आउँछन् ।

भण्डारीलाई पनि कोरोना भाइरसको डर छ । भिडभाडमा जानु नपरोस भनेपनि उनलाई नगई भा छैन । जागिर खाएपछि अर्हाएको काम गर्ने पर्यो । त्यसमा पनि जेष्ट नागरिक कतिले कान सुन्दैनन् । कतिले आँखा देख्दैनन् । कोही हिड्न सक्दैनन् । अधिकाँस लेखपढ गर्न जान्दैनन् । हात समाएरै ल्याप्चे लगाइदिनु पर्छ ।

उनीहरु डोर्याउँदै भित्र लैजानु पर्ने अवस्था आउँछ । सामाजिक दुरी कायम गर्न मुस्किल पर्ने स्थिति छ । हामीले बैंक अगाडि बसेका जेष्ट नागरिक संग कुरा गरेको खवर कसैले कर्मचारीसम्म पु¥याइदिएछ । एक बैंकका कर्मचारीले फोटो खिच्नपनि दिएनन् । उनले बैंकको मार्केट विग्रन्छ खिच्न पाउनु हुन्न भनेर जिद्दि गरे। ‘हामीले यस्तो संबेदनसिल घडीमा पैंशा कमाउन खोजेका हैनौं,’ती कर्मचारी भने ‘यो हाम्रोपनि त्यो बाध्यता हो।’

जेष्ट नागरिकले पाउँदै आएको सास्तिका बारेमा तुलसीपुरका मेयर घनश्याम पाण्डेले कतिपयमा पैंशा ननिकाले पाइदैन भन्ने भ्रम परेका कारण त्यसो गर्ने गरेको हुँदा भ्रममा नपर्न आग्रह गरे । खातामा आएको पैंशा कहि नजाने हुँदा अत्यावश्यक परेका बाहेक अरुलाई त्यसरी पैंशा झिक्न नआउन उनले आग्रह गरे ।

उनले सामाजिक दुरी कायम गरि बैंकहरुले अत्यावश्यक गरिव र बिपन्नलाई भत्ता वितरण गर्ने कुरा प्राथमिकतामा राख्नुपर्ने बताए । जेष्ट नागरिक तथा बृद्ध सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले इतिहासका ज्यूँदा साक्क्षि बृद्धबृद्धाको लागि राज्यले लकडाउनको समयमा विशेष सेवा दिन नसकेको हुँदा दुःख खेप्नु परेको गुनासो गरे ।

बद्ध बृद्धा पैदल हिडेर भोक भोकै घन्टौं लाइनमा बस्न बाध्य पार्नु भन्दा यस्तो विषम परिस्थितिमा स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको कथन छ । ‘ यस्तो बेला घरमै भत्ता पु¥याउनु पर्ने थियो,’ उनले भने ‘असुरक्षित तरिकाले बैंक आगडि उनीहरुलाई उभ्याउनु कति न्यायोचित हो ?’

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *