२०८१ कार्तिक २३ गते शुक्रवार

बैंकमा भिडभाड नगर्न जेष्टनागरिकलाई मेयर पाण्डेको आग्रह


तुलसीपुर, बैशाख १९ । तुलसीपुर उपमहानगरपालिका भित्रका वैकमा सामाजिक सुरक्षा भत्ताका लागि भिडभाड नगर्न नगरप्रमुख घनश्याम पाण्डेले आव्ह्वान गरेका छन् । यस क्षेत्रका सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सहज होस् भनेर दाङ्गका १० वटै स्थानीय तहहरुमध्ये तुलसीपुरले सबैभन्दा पहिले भत्ता निकासा गरेको पनि उनले वताएका छन् ।

‘सामाजिक सुरक्षा भत्ता सबै सम्वन्धित व्यक्तिको खातामा गएको छ, आवश्यकता हुनेले मात्रै निकाल्दा हुन्छ’ नगरप्रमुख पाण्डेले भने । उनले सम्वन्धित व्यक्तिको खातामा गएको पैसा फिर्ता नहुने भएकाले ढुक्क हुन समेत आग्रह गरेका छन् ।

भिडभाड कम होस् भनेर उपमहानगरपालिकाका विभिन्न वैकमा खाता खोलेको वताउँदै उनले लकडानको पालना गरेर घरमै वस्न पनि आग्रह गरेका छन् । ‘अशक्त र असहायलाई घरमै पैसा भत्ता लगिदिने भएकाले सबैले सम्वन्धित वडामा सम्पर्क गर्नुहोला’ नगरप्रमुख पाण्डेले भने । परिवारमा जान्ने र वुझ्नेले यसका वारेमा वुझाएर ज्येष्ठ नागरिकहरुलाई वंैक आउनबाट रोक्नका लागि भुमिका खेल्न समेत आग्रह गरेका छन् । ‘आउनै पर्ने भएकाले पनि सामाजिक दुरी कायम गर्नुहोला।’

उनले वडाका रहेका असक्तहरुको विवरण संकलन गरेर तत्काल घरमै पैसा पुर्याउने वातावारण गरिदिनका लागि वडा प्रतिनिधिलाई निर्देशन समेत दिएका छन् । उपमहानगरपालिकाका विभिन्न वडाहरुले असक्तलाई घरसम्मै भत्ता समेत पुर्याइरहेको उनको भनाई थियो । उपमहानगरपालिका भित्रमा १२ हजार वढि सामाजिक सुरक्षा भत्ता लिनेहरु छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *