२०८१ कार्तिक २३ गते शुक्रवार

कक्षा ९ सम्मको भर्ना खोल्न प्रदेश सरकारको आग्रह

बुटवल, बैशाख १७ । प्रदेश ५ मा विद्यार्थी भर्ना अभियासन चलाउन आग्रह गरिएको छ । बुधवार सामाजिक विकास मन्त्रालयले अलाइन, टेलिफोन तथा सुरक्षित रुपमा विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो । त्यसका साथै शारीरिक दूरी कायम राखेर भर्ना अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

कक्षा ९ सम्मको नतिजा प्रकाशन भएसंगै प्रदेश सरकारले स्थानीय तहहरुलाई आवश्यक पुस्तक समेत वितरण गर्न आग्रह गरेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालको अध्यक्षतामा बसेको बैठकले हरेक विद्यार्थीबीच पाठ्युस्तक पुराउने योजना बनाएको जानकारी दिइएको छ ।

प्रदेश ५ का करिब ५ हजार ७ सय विद्यालय छन् । तीनमा ११ लाख हाराहारीमा विद्यार्थी अध्यनरत रहेको मन्त्रालयले उल्लेख गरेको छ । विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा रहेकाले प्रदेश मन्त्रालयले तहसम्म समन्वय गर्ने निर्णय गरिएको हो । अझैंपनि स्थानीय तहहरुले कक्षा ८ को नतिजा भने सार्वजनिक गरेका छैनन् । कोरोना भाइरसको महामारीका कारण एसईई परीक्षा समेत अझैं सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *