२०८२ बैशाख ११ गते बुधवार

रेडियोहरुलाई बालबालिका पढाउन उपयोग गरौं – सरोकारवाला

सुशील बस्नेत,
तुलसीपुर, वैशाख १७ । कोरोना भाइरस तथा बालबालिका,महिला,अपाङ,जेष्ठ नागरिक र दलीतको अबस्थाका बारेमा डिडियो कन्फ्रेरन्स मार्फत बुधबार दाङमा गरिएको छ । संबादमा सहभागि बालबालिकाको तर्पmबाट ईशा वलीले बिद्यार्थीले पढ्न पाउने ब्यबस्था राज्यले मिलाउनुपर्ने तर्क गरिन ।कोभिड १९ बाट बच्न र बचाउने यो घडीमा घरमा बसेर पढ्न पाउने ब्यबस्था मिलाउनुपर्ने उनको धारणा छ । त्यसका लागि सबैभन्दा सर्वसुलभ माध्यम सामूदायिक रेडियोहरु नै हुने उनको बुझाई छ । शिक्षाको लागि रेडियोलाई प्रयोग गर्न उनले सम्बन्धि पक्षलाई आग्रह गरिन । अनलाईन सबैको पहुँचमा नरहेको हुँदा अनलाईन शिक्षा प्रभावकारी बन्नेमा उनी विश्वस्त थिइनन् ।

अपाङ्गताको तर्फबाट सहभागि यज्ञ बिकले लामो लकडाउनले अपाङता भएका ब्यक्तिहरु अत्यन्त प्रभाबित भएको बताए । मेरुदण्डको समस्या,टाउकाको समस्या, ढाड र कम्मरका समस्या भएका अपाङ्गता भएका ब्यक्तिहरुले नियमति औषधि सेवन गर्नुपर्ने भएपनि नपाईरहेको उनले जानकारी दिए । महिलाको तर्फबाट सहभागि प्रभा खड्काले लकडाउनको समयमा बलत्कारदेखि बिभिन्न किसिमका महिला हिंसा बढेको बताइन ।उनले घर परिवारलाई रातदिन समय दिनुपर्ने परम्परागत मान्नेताका कारण महिलाहरु बढी पीडित बन्न पुगेको उनले तर्क गरिन ।

दलितको तर्फबाट सहभागि निर्मल नेपालीले साना उद्योग र पेशाबाट जीवन निर्बाह गर्दै आएका दलित समूदाय र ती उद्योगमा निर्भर भएका श्रमजीबि दलितहरुको अबस्था दर्दनाक भएको बताए । ती उद्योगको आयआर्जनको विकल्प खोजी गर्नुपर्ने उनले बताए ।

जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारीले दिर्घ रोगीका लागि घरमै औषधि पु¥याईदिने कार्य र सामाजिक भत्ता बैक मार्फत दिने ब्यबस्थाले सहुलित भएको बताए । रकम बुझ्दा सामाजिक दुरीलाई ध्यानै नदिने जेष्ठ नागरिकहरुको आनीबानि र त्यसको सहि ब्यबस्थापन गर्न बैंकहरु भने चुकेको उनको गुनासो थियो । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले दैनिक उपभोग्य बस्तुको आपुर्तिको ब्यबस्था सरकारी संयन्त्रले गर्नुपर्ने माग गरे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एबम सामाजिक बिकास समितिका संयोजक कुमार लामिछानेले उमहानगरपालिकाले ब्यबस्थित ढंगबाट राहत संकलन र बितरण प्रणाली अपनाएको दाबी गरे । उनले सुत्केरी महिलाहरुका लागि पोषण खाना,गर्भबति र बालबालिकाहरुका लागि खोप कार्यक्रम,जेष्ठ नागरिक र दिर्घ रोगीका लागि औषधिको ब्यबस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *