२०८१ माघ १३ गते आइतवार

रेडियो नेपालमा प्रस्तोताले अब अन्तरवार्ताकार आफै छनोट गर्न नपाउने

दाङ, वैशाख १५ । सरकार नियन्त्रित रेडियो नेपालमा अबदेखि कुनैपनि कार्यक्रमका अतिथिहरु छनौट गर्दा प्रस्तोताले स्वतन्त्र रुपमा छनोट गर्न नपाउने भएका छन् ।रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार एक विज्ञप्तिमा प्रकासित गर्दै त्यस्तो कुरा बताएका छन् ।

कार्कीले भनेका छन् ‘अबदेखि रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर र सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

यसैबीच सोमवार विहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसंगको अन्तरवार्ता हटाएको छ । जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले सोमवार विहान साढे ६ बजे अन्तवार्ता लिएका थिए । त्यसमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आलोचना गरेका थिए । त्यो भाषा र विचारलाई सरकारी सञ्चारमाध्य रेडिययो नेतपालले हटाएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार एक विज्ञप्तिमा प्रकासित गर्दै विहानको अन्तरवार्तामा भट्टराईले बोलेका कुराले आफुलाई दुःखी तुल्याएको उल्लेख गरेका छन् ।

कार्कीले कार्यक्रम लाइभ प्रशारण भएको हुँदा आवश्यक सम्पादन गर्न नसकिएको भन्दै क्षमापनि मागेका छन् । कार्कीले अब रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा सचेत रहने प्रतिवद्धता समेत विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *