२०८० चैत्र १६ गते शुक्रवार

पहाडी जिल्लामा विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ – प्रदेश मन्त्री बराल


सुशील बस्नेत,
तुलसीपुर, बैशाख १४ । कोभिड १९ र प्रदेश सरकार तथा प्रदेश सभासदहरुको भूमिकाको बारेमा भिडियो कन्फ्रेरन्स भएको छ । आइतबारको संबादमा प्रदेश ५ का सामाजिक बिकाश मन्त्री सुर्दशन बराल,सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी,जनता समाजबादी पार्टीका सभासद सन्तोष पाण्डे र नेकपा पार्टीका सभासद् थनाकुमारी थापा सहभागि थिए ।

त्यसक्रममा मन्त्री बरालले रोग प्रतिरोधात्मक क्षमता बृद्ध गर्न आयूर्बेद चिकित्सा पद्धतिलाई अगाडि बढाउन लागिएको जानकारी दिए । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्बेद चिकित्सा पद्धति र ओखति प्रभाबकारी हुने भएकाले आयुर्बेद स्वास्थ्य संस्थाहरुमा परिपत्र गरि सकिएको छ,’ मन्त्री बरालले भने ।उनले कोरोना भाइरसको टेष्टका लागि तालिम प्राप्त स्वास्थ्य प्राबिधिकहरुलाई स्वाथ्य चौकिमा खटाउन लागिएको जानकारीपनि दिए ।

प्रदेश ५ मा शैक्षिक गतिबिधिलाई कसरी संञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सोमबार सरोकारवाला पक्षसँग छलफल आयोजना गरिएको उनले बताए । उनले पहाडी क्षेत्रमा सामाजिक दुरीलाई ध्यान दिदै बिद्यालय सञ्चालन गर्ने तयारी समेत बताए ।

पाठ्यपुस्तक खरिद गर्न स्टेशनरी पसलहरु खुल्ला राख्ने गरि तयारी गरिरहेको जानकारीपनि दिए । प्रदेश ५ का बिभिन्न जिल्लामा झण्डै २० लाख ३० हजार मानिस भित्रिएको तथ्याङ्क मन्त्री बरालले प्रस्तुत गरे । उनका अनुसार जमुना नाकाबाट मात्र २५ देखि ३० हजार, कोईलाबास नाकाबाट १८ देखि २५ हजार र बेलिया नाकाबाट २५ देखि ३५ हजार मानिस भित्रिएको बताए । ती बाहेकका अन्य नाकाबाट समेत मानिस भित्रिएका उनले तर्क गरे ।

सार्वजनिक लेखा समितका सभापति डिल्लीबहादुर चौधरीले भने प्रदेश सरकारसंग मानिस भित्रिएको तथ्याक नभएको दाबी गरेका थिए । कति जना क्वारेन्टिमा बसे र कति बसेनन् त्यसबारेमा पनि प्रदेश सरकारले बिशेष निगरानी राख्नुपर्ने उनको सुझाव छ ।नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले भने ‘प्रदेश सरकारले अहिले नगरे सरकारसंग भएको झण्डै १३ करोड रुपैंया कहिले खर्च गर्ने हो ।’जनता समाजबादी पार्टीका प्रदेश सभासद सन्तोष पाण्डेले सबै जना प्रदेश सदस्यलाई कम्तिमा दैनिक एक पटक फोन सम्र्पक गर्दा सहकार्यको ढोका खुल्ने तर्क गरे ।

त्यस्तै उनले सबैभन्दा खटिने र दुःख गरेका तल्लो दर्जाका प्रहरीहरुलाई स्याबासी दिनुपर्ने बताए । नेकपाका प्रदेशससभा सदस्य थनाकुमारी थापाले लकडाउनको समयमा लैगिंक हिंसाका घटना भएको भन्दै दुःख ब्यक्त गरिन । उनले लकडाउनमा महिलाहरु झनै पीडित भएको बताइन ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *