२०८१ माघ ३ गते बिहिवार

यात्रुलाई निशुल्क मिनरलवाटर वितरण


तुलसीपुर, बैशाख १३ । विभिन्न जिल्लावाट घर फर्किन लागिरहेका मजदुर तथा यात्रुलाई तुलसीपुरमा निशुल्क मिनरलवाटर वितरण गर्न थालिएको छ ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हरेक यात्रुलाई एक बोत्तल निशुल्क रुपमा मिनरल वाटर वितरण गर्दै आएको संस्थाका अध्यक्ष खेम वलीले जानकारी दिए ।

विगत तीनदेखि राप्ती राजगर्मा अन्तरगत गोठी खोलामा यात्रुहरुका लागि निशुल्क मिनरल वाटर वितरण सुरु गर्दै आएको अध्यक्ष वलीले जानकारी दिए ।यसैबीच वलीले तुलसीपुर उपमहानगर क्षेत्र भित्र निर्मित विभिन्न क्वारेन्टाईनहरुमा समेत विगत निशुल्क रुपमा जारको पानी उपलब्ध गराउँदै आइएको उनले बताए ।

एक महिना बढी समयदेखि जारी लकडाउनका कारण यात्रुहरुले बजारमा पानी समेत किन्न नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क रुपमा संस्थाले मिनरलवाटर वितरण सुरु गरेको अध्यक्ष वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *