२०८१ माघ ३० गते बुधवार

दुबै अध्यादेश फिर्ता लिने निर्णय


काठमाडौं, बैशाख १२ । सरकारले हठाट रुपमा हालसालै जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सोमबार मात्रै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी भएका थिए । प्रधानमन्त्रीको पार्टी नेकपा भित्रैबाट समेत त्यसको व्यापक आलोचना भएपछि शुक्रवार ती दुबै अध्यादेश फिर्ता लिने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश जारी गरेकी थिइन ।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्न प्रमुख प्रतिपक्षी दलको सहमति नचाइने व्यवस्था गरिएको थियो । त्यसले लोकतन्त्रको जग नै कमजोर बन्ने भन्दै त्यसको व्यापक आलोचना भइरहेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *