२०८१ कार्तिक २९ गते बिहिवार

पालिकाहरुले संयुक्त अनगुमन गर्ने


दाङ, बैशाख ११ । जिल्ला समन्वय समिति दाङले स्थानीयतहको अनुगमन गर्ने भएको छ । जिल्ला समन्वय समितिको विहीवार बसेको बैठकले पालिकाले गरेको राहत वितरण, क्वारेन्टाइन, विकास निर्माणका बारेमा बैशाख १४ गतेदेखि अनुगमन गर्ने निर्णय गरेको हो ।

पालिकाकाले गरेको राहत वितरण, क्वारेन्टाइन र कोरोनाले विकास निर्माणमा पारेको प्रभावको बारेमा जानकारी लिने समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए । उनका अनुसार यो पटकको अनुगमन संयुक्तरुपमा गरिने छ । ‘प्रदेश सांसद र अन्य सरोकारवालाको सहभागितामा अनुगमन गरिने छ’ समन्वय समितिका प्रमुख नेपालीले भने ‘ यो हाम्रो दोस्रो चरणको अनुगमन हो ।’ यस अघि समितिले चैत २५ र २६ गते कोराना संक्रमणबाट जोगिन जिल्लाका दशैवटै पालिकाले गरेको तयारीको बारेमा अनुगमन गरेको थियो । त्यसैगरेर प्रदेश सासद र जिल्लाका राजनीतिकदसँग पनि छलफल गरेको थियो ।

अनुगमनको लागि दुइैवटा टोली परिचालन गर्ने समन्वय समितिले जनाएको छ । एउटा टोलीको नेतृत्व समन्वय समितिका प्रमुख र अर्को टोलीको नेतृत्व समन्वय समितिका उपप्रमुखले गर्ने भएका छन् । बैठकमा समन्वय समितिले विगतमा गरेको कामको समीक्षा समेत गरिएको थियो । बैठक समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *