हेमराज शर्मा,
दाङ, बैशाख ११ । दाङ देउखुरी जिल्ला अदालतले बिहिवारबाट भिडियो कन्फेरेन्सबाट थुनुवाको म्याद थप्न शुरु गरेको छ । कोरोना भाइरसको सक्रमणको सम्भावित जोखिमबाट बच्नका लागि बिभिन्न मुद्दामा पक्राउ परी अनुसन्धानको क्रममा रहेका विभिन्न प्रकृतिका मुद्दाहरुको विस्तृत अनुसन्धान कार्यका लागि अदालतबाट म्याद थप गर्नु पर्ने ब्यवस्था छ ।
अहिले कोरोना भाईसरको संक्रमणका कारण म्यादथपका लागि अदालत आँउदा कोराना परिक्षण रिपोर्ट अनिवार्य ल्याउनु पर्ने व्यवस्था रहेको तर कोरोना विशेष अस्पातहरुले थुनुवा वन्दीहरुको कोरोना भाईरस परिक्षणका लागि स्याव संकलन गर्न सिमित स्रोत र साधनको कारण देखाई तत्काल परिक्षण प्रतिवेदन दिन नसक्ने अवस्था भएका कारण विभिन्न मुद्दाहरुको म्याद थप कार्य प्रभावित भईरहेको परिप्रक्षमा जिल्ला अदालतले त्यस्तो समस्या समाधानका लागि आज देखी कन्फरेन्सबाट म्याद थप गर्न शुरु गरिएको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार उपसचिव धनसिंङ गिरीले जानकारी दिए ।
बन्यजन्तुको अवैद्य चोरी शिकार उद्योगमा डिभिजन वन कार्यालय दाङले पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरेका चार जनाको भिडियो कन्फेन्सबाट म्याद थप गरिएको श्रेष्तेदार गिरीले बताए । उनका अनुसार डिभिजन वन कार्यालय दाङको थुनुवा कक्षबाट पक्राउ गरिएका आरोपितहरुसँग पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी न्यायधिस भिमलाल बेलबासेले सात दिनको म्याद गरेको आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सकिने अदालतले जनाएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।