२०८२ माघ ४ गते आइतवार

तरकारी सड्न थाल्यो – किसान


सुशील बस्नेत,
तुलसीपुर, बैशाख १० । कोभिड १९ ले जनजीवनमा पारेको असरका बारेमा स्थानीय तह र उद्योग बाणिज्य संघको भूमिकाका बारेमा भिडियो कन्फ्रेरन्स भएको छ । संबाद समूहको आयोजनमा बुधवार तुलसीपुर उपममहानगरपालिकाका मेयर घनश्याम पाण्डे,घोराही उपमहागनरपालिकाका मेयर नरुलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, दाङका उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत ,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र ब्यबसायिक तरकारी उत्पादक किसान बामदेब चौधरीबीच संबाद भएको हो ।

संबादमा सहभागी देउखुरी सिसहनीयाका किसान बामदेव चौधरीले किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरण नहुदा खेर गईरहेको बताए । स्थानीय तहबीच समन्वय हुन नसक्दा किसानले उत्पादन गरेको ताजा तरकारी सडेर गईरहेको उनले गुनासो गरे । करेसाबारीमा उत्पादन गरेका साना किसान र ब्यबसायिक खेति गर्ने किसानको तरकारी संकलन गरि बिक्रि गर्ने ब्यबस्था मिलाईदिनुपर्ने उनले बताए । मल बिउ आवश्यक पर्ने समय आईपुगेकाले सर्बसुलभ तरिकाले उपलब्ध हुने हो वा होईन भन्ने चिन्ता उनले व्यक्त गरे ।

जिल्लामा कुल खेति योग्य जमिन ६९ हजार ९ सय ५० मध्ये धान ३७ हजार ७ सय १० हेक्टरमा र तरकारी खेति कुल क्षेत्रफल ६ हजार ७७ हेक्टरमा हुने गर्छ । हिँउदे तरकारी ३७ हाजर १ सय २० मेट्रिक टन र बर्षे तरकारी २७ हजार १ सय ४५ मेट्रिक टन गरि कुल ७९ हजार २ सय ८७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।

त्यसवारे तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले तरकारीलाई संकलन गरि राख्न कोल्ड स्टोर संचालनको लागि पहल गर्ने आश्वासन दिए । तुलसीपुरमा जम्मा ५० मेट्रिक टन स्टोर गर्ने सित भण्डार रहेकोमा अव बढाउनुपर्ने उनको तर्क थियो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले स्थानीय सरकारका स्वामित्वमा रहेका कोठा र सर्टरको भाडा लकडाउनको अवधिभर छुट हुनुपर्ने माग गरे ।

जवाफमा नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले एक महिनाका लागि भाडा छुट दिने निर्णय गर्ने प्रबिद्धता जाहेर गरे । उपमहानगरपालिकाले कार्य नीति बनाई कुन कुन क्षेत्रमा छुट दिने बारेमा निर्णय गर्ने पाण्डेले बताए । उनले किसानहरुले खेतिका लागि प्रयोग गर्ने डिपबोरिङको बिद्युत महसुलमा ५० प्रतिसत छुट दिने जानकारी दिए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले स्थानीय तहबीचको समन्वयका अभावका कारण गन्तब्यमा पुग्न हिड्का यात्रुले सास्ति भोग्नु परेको उनले बताए । उनले देउखुरीले घोराही छोडिदिने र घोराहीले तुलसीपुर बजारमा सयौ यात्रुलाई छोडिदिदा तुलसीपुरलाई सल्यान,रुकुम,रोल्पा लगायतका जिल्लामा पु¥याउन जानुपर्ने बाध्यता रहेको तर्क गरे । त्यसका लागि घोराही,तुलसीपुर र लमही बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले किसानले उत्पादन गरेको बस्तु बिक्रिका लागि कसैले पनि नरोक्ने बरु सामाजिक दुरी कायम गर्नुपर्ने बताए । उनले अन्य पालिकामा बस्तु आपूर्र्तिका लागि समन्वय गरि ब्यबस्था मिलाईने बताए । बिभिन्न जिल्लाबाट घोराही प्रबेश गरेका यात्रुलाई ब्यबस्थापन गर्न चुनौति बढदै गएको मेयर चौधरीले जानकरी दिए ।

मेयर चौधरीले समस्या समाधानका लागि लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाबीच राम्रो समन्वय हुनुपर्नेमा जोड दिए । लमहीले चौपट्टामा यात्रुलाई छोडिदिने, घोराहीले कुईरेपानिबाट तुलसीपुरमा ल्याएर छोडिदिने गर्दा समस्या भएको उनले बताए । ‘यो कदापी राम्रो होईन,बजारमा लर्को लागि हिड्े भने संक्रमणको सम्भाबना पनि हुन्छ,त्यसैले बेलैमा समन्वय गरि ब्यबस्थापन गर्नुपर्छ,’मेयर चौधरीले भने ।

प्रबिधिका कारण लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भिडियो कन्फ्रेरन्समा आफ्ना कुराहरु राख्न सकेनन् ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *