दाङ, बैशाख १० । कम्युनिस्ट आन्दोलनको भबिस्य अजय र सुन्दर रहेको बक्ताहरुले बताएका छ्न । लेनिनको जन्म जयन्ति र नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिबसको सन्दर्भमा आयोजित भिडियो कन्फेरेन्सका सहभागीहरुले कम्युनिष्ट आन्दोलनको भविस्य सुन्दर रहेको तर्क गरेका हुन ।
गोष्ठिमा नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि र बर्तमान अबस्थाको विषयमा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले घोराहीबाट,विश्व कम्युनिस्ट आन्दोलनको बारेमा अध्ययन समूह दाङका अध्यक्ष प्रमोद धितालले दाङको हापुरेबाट, नेपालको कम्युनिस्ट आन्दोलनको भबिस्यको बारेमा हरि नेपालीले काठमाडौबाट आफ्नो मन्तव्य राखेका थिए ।
नेपालको कम्युनिस्ट आन्दोलन र उत्पिडित जातिको अधिकारको विषयमा अखिल नेपाल शिक्षक संघका दाङ जिल्ला अध्यक्ष भानु जिएमले कालाकाटे देउखुरी दाङबाट,नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुशील खडकाले दाङको बबई गाउँपालिकाबाट आफ्नो बिचार राखेका थिए ।
त्यसैगरी साहित्यकार नुमेस जिएमले भारतको दिल्लीबाट,मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका प्रोफेसर निमेस लम्सालले मन्थलीबाट कार्यक्रमको समिक्षा गरेका थिए । कार्यक्रमको संयोजन अखिल छैटौंका पुर्ब दाङ जिल्ला सदस्य प्रेम सुबेदीले पोखराबाट गरेका थिए ।