रामराज पोखरेल,
बुटवल, बैशाख १० । निजी तथा आबासिय बिद्यालय अर्गनाइजेसन प्याब्सन बुटवल नगर समितिले बुधबार राहात कोषमा आर्थिक सहयोग गरेको छ । बुटवल उपमहानगरपालिकाको बिपत कोषमा प्याव्बसले ५ लाख ७२ हजार ५ सय ५५ रुपैंया थपेको हो ।
प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलिले नगर प्रमुख शिबराज सुबेदीलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन ।
प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी बिद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा बिपतमा परेका बिपन्न नागरिकको सहयोगका लागि प्रदान गरिएको अध्यक्ष शर्माले बताए । आर्थिक सहयोग गरेकोमा नगरप्रमुख शुबेदीले प्याब्सन परिवारलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार