२०७८ बैशाख २५ गते शनिवार

तुलसीपुरले दोस्रो चरणमा राहात लिनेलाई श्रममा लगाउने

तुलसीपुर, बैशाख १० । तुलसीुपर उपमहानगरपालिकाले अब गरिने दोस्रो चरणको राहात वितरण कार्यलाई श्रमसंग जोड्ने भएको छ । अब राहत लिनेलाई उस्ले श्रममा लगाउने गरी श्रम वंैक स्थापना गर्ने भएको छ । केही दिन पहिले परककोण संगको सम्वादतमा पनि नगरप्रमुख घनश्याम पाण्डेले उक्त कुरा बताएका थिए ।

त्यसैलाई कार्यान्वय गर्ने गरि मंगलवार मेयर पाण्डको अध्यक्षतामा बसेको कार्यपालिकाको ८४ औ वैठकले दोस्रो चरणमा राहात लिनेलाई श्रममा लगाउने निर्णय गरेको छ । ‘दोस्रो चरणको राहतलाई फरक ढँगले अगाडि वढाउने निर्णय पारित भएको छ,’ नगर प्रबक्ता सूर्य डाँगीले भने ‘ अब राहात लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने छ।’ मेयर पाण्डेले केही दिन पहिले अब राहातलाई विकाश संग जोड्न लागेको बताएका थिए । पहिलो चरणमा ६ हजार वढिलाई राहत वितरण गरेको र अब राहात वितरणलाई रोजगारलाई सँगै अगाडि वढाउने निर्णय भएको प्रबक्ता डाँगीले बताए ।

विपन्नलाई राहत दिने र त्यस वाफत वडा वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि वढाइने भएको छ । श्रम वैकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ ।त्यो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ । जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि वढाइएको नगरप्रमुख पाण्डेले बताए । ‘असक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम वैकमा काम गर्नु नपर्ने उनले बताए ।

उनले अब तत्कालै श्रम वैकको काम अगाडि वढ्ने समेत वताए । वाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो । श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ । उनले संघ, प्रदेश र स्थानीय स्तरका ठेक्कामा गइसेकका योजना सञ्चालन गर्ने जानकारी दिए ।

यसैविच उपमहानगरपालिकाले राहत वितरणको अनुगमन गर्न कार्यपालिका सदस्य देवराज विकको संयोजकत्वमा ७ सदस्यित समिति वनाइएको छ । त्यसैगरी कृषि उपजको उपलब्धताका लागि वडाको संयोजनमा सहकारी मार्फत काम अगाडि वढाइने भएको छ । कृषकलाई मल विउँ विजन सहकारीले उपलब्ध गराउने उनले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *