२०८२ जेष्ठ ११ गते शुक्रवार

बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा हतियारसहित ४ जना पक्राउ

तुलसीपुर, बैशाख बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा पश्चिम दाङबाट एकनाल भरुवा बन्दुकसहित जना पक्राउ परेका छन् डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले  मंगलवार दिउँसो साढे बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. स्थित हात्तिखालसामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी रामबहादुर चौधरी रहेका छन पक्राउपरेका मध्य शाह ६५ बर्षका छन्

डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले उनीहरुका साथवाट चारवटा मोटरसाईकल समेत बरामद भएको जानकारीदिएका छन् बा ६२ ६४२९, रा १४६१, रा ४२९१ रा ४४३७ नम्वरको मोटरसाईकलहरु बरामद भएको ज्ञवालीलेजानकारी दिए

गस्ति टोलीले नियन्त्रणमा लिएका मोटरासईकल मध्य रा ४२९१ नम्वरको मोटरसाईकलमा प्रेस लेखेको कागज अगाडि टाँसिएकोथियो ज्ञवालीका अनुसार  वन्यजन्तु सिकारी भइरहेको भने सूचनाको आधारमा आफुहरु त्यहाँ पुग्दा उनीहरुलाई पक्राउ गरिएकोजानकारी दिए

दुई दर्जनजति सिकारीको टोली हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय दाङबाट गएकोटोलीले वनमा खोजी गर्दै जादा उनीहरुलाई पक्राउ गरेको ज्ञवालीले जानकारी दिए डिभिजन वन कार्यालयबाट २२ जनाको टोलीगस्तिमा गएको हुँदा त्यो देखेर सिकारी बन्दुक छोडेर भागेको ज्ञवालीले बताए

लकडाउनको अवधिमा वन कार्यालयको गस्ति टोलीले काठ तस्करीमा प्रयोग भएका तीनवटा ट्रेक्टर दश जनालाई पक्राउ गरि वन ऐनअन्तरगत मुद्दा चलाएको ज्ञवालीले जानकारी दिए

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *