वैशाख ६ । विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासु प्रयाेगमा कडाइ गर्न निर्देशन दिएकाे छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहनाम घेब्रेयेससले सबै देशका सरकारलाई कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै वन्यजन्तुको मासुमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका हुन् ।
काेराेना भाइरस महामारीले संसारलाई नै आक्रान्त पारिरहेको वेला डब्लुएचओ वन्यजन्तुकाे मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आग्रह गरेको हाे ।
नयाँ भाइरसहरू ७० प्रतिशत जनावरबाट नै मानिसमा सरेकाे बताउँदै काेराेना भाइरसकाे संक्रमण कसरी सुरू भयाे भन्नेबारे पनि बुझ्ने प्रयास भइरहेकाे जनाएका छन् ।
जारमा जीवित वन्य जनावरको खरिद-बिक्री हुन्छ ती सबैमा आवश्यक गुणस्तरको अनुमति लिएर मात्र गर्न, अन्यथा प्रतिबन्ध लगाउन आग्रह गरेका हुन् ।
प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार