२०८१ पुष २९ गते सोमवार

इटा उद्योगका श्रमिकलाई समस्या भयो भन्नु गलत हो – महासचिव योगी


तुलसीपुर, बैशाख ५ । दाङ देउखुरी इटा व्यवसायी महासंघका केही पदाधिकारीले सञ्चारमाध्यममा प्रकासित समाचार प्रति ध्यानाकर्षण भएको बताएका छन् । महासंघका महासचिव प्रेमनाथ योगीले सञ्चारमाध्यमा भारतीय मजदुरले घर फर्किने माग गर्दै नारावाजी गरेको भन्ने कुरा नियोजित भएको बताएका छन् ।

उनले एक बक्तव्य जारी गर्दै उद्योगका मजदुरहरुलाई लकडाउनका पालना गरि तथा सामाजिक दुरी कायम गरि व्यबसायीहरुले सुरक्षित रुपमा राखेको हुँदा प्रचार बाजी गरिए जस्तो कुनै समस्या नरहेको उल्लेख गरेका छन् ।

सञ्चारमाध्यममा अध्यक्ष रोम वलीले भारतीय मजदुरहरु स्वदेश फर्किन चाहेको तथा उनीहरुका कारण समाजमा कोरोनाको जोखिम बढेको हुँदा उनीहरुलाई घर फर्काइनु पर्ने माग गरेका थिए ।
जस्लाई कतिपय व्यवसायीले मजदुरलाई उद्योगीहरुले राम्रो संग बास र गाँसको प्रवन्ध गरेको हुँदा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

केही व्यक्तिहरुले आफ्ना निजी कुरालाई सबै व्यवसायीको समस्या संग नियोजित रुपमा जोडेर प्रचारबाजी गर्न खोजेको केही व्यवसायीले फोनमा बताएका छन् । उनीहरुले इटा व्यवसाय मौसमी व्यवसाय भएको हुँदा जेठ मसान्त सम्म मजदुरहरुलाई उद्योगमा राख्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *