२०८१ कार्तिक २३ गते शुक्रवार

क्षेत्रिय संबाद समुहको पत्रकारसंग भिडियो कन्फरेन्स


तुलसीपुर, बैशाख ५ । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले आफु सुरक्षित रहेर मात्रै पत्रकारिता गर्न आग्रह गरेका छन् ।

क्षेत्र संबाद समुह दाङले शुक्रवार आयोजना गरेको डिजिटल मिटिङमा उपाध्यक्ष पोखरेलले कुनैपनि पत्रकार रिपोटिङमा जाँदा आफु सुरक्षित छु भन्ने निश्चिन्त भए मात्रै फिल्डमा खटिनु पर्ने बताए । तर त्यसलाई आफ्नो छुट्टी वा विदाको रुपमा लिन नहुने भन्दै उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालको प्रयोग होस वा अन्य कुनै माध्यमबाट भएपनि आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गरे ।

सरकारले बाह्य मुलुकहरुमा जस्तो पत्रकारतको पनि अभिभावत्क गर्न गर्नुपर्ने भन्दै उनले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीको पनि र्यापिड टेष्ट गर्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले कुनैपनि पत्रकारलाई लकडाउनका कारण खाद्यन्न लगाएका समस्या भए तत्काल राहात स्वरुप प्रदान गरिने जानकारी दिए । उनले यो बीचमा कुनैपनि समस्यामा भएकाहरुले समस्या भने नाम सार्वजनिक नगरे रै सहयोग गर्ने बताए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोर्यावको प्रदेश नं. ५ का अध्यक्ष केपी घिमिरेले गाउँ घरसम्म सूचना संप्रेसन गर्न अहम भूमिका खेलका सामुदायिक रेडियोका सञ्चालकले पत्रकारका लागि आवश्यक स्वास्थ्य उपकरणदेखि खाना र बासस्थानको व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

बिबिसी नेपाली सेवाकी दाङ संवाददाता बसुन्धरा गौतमले पत्रकार महासंघ दाङ शाखाले पत्रकारलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा, सेनिटाईजनरहरु वितरण गर्नुपर्ने माग गरिन । उनले श्रमजिवी पत्रकारलाई समयमै तलव उपलब्ध गराउन मिडिया हावसहरुले भूमिका खेल्नुपर्ने बताइन ।

नागरिक समाज दाङकी संयोजक लक्ष्मी आचार्यले लकडाउनका कारण समस्यामा परेका आम नागरिकको बाँच्न पाउने अधिकार बारेमा अधिकारकर्मीले र सञ्चारकर्मीहरुले सत्य तथ्य सूचना संप्रेसन गर्न अति आवश्यक रहेको बताइन । उनले लकडाउनमा पैदल हिड्न बाध्य सर्वसाधारणलाई राज्यले सम्वन्धित ठाउँसम्म पुर्याउन तथा क्वारिन्टाइनमा राख्न भूमिका निर्वाह गर्नुपर्ने तर्क गरिन ।

कान्तिपुर टेलिभिजनका दाङ संवाददाता रोषणमान श्रेष्ठले टिभी पत्रकारहरु भिडियोको लागि घटनास्थलमै पुग्नुपर्ने अवस्था रहेको भएपनि आफुलाई अफिसले आफु सुरक्षित रहेर मात्रै कामगर्न आग्रह गरेको बताए । ‘आफु सुरक्षित छु भन्ने निश्चिन्त भएर मात्रै काममा जानु भन्ने निर्देशन छ,’ श्रेष्ठले भने ‘त्यस्तो कुनै बाध्यताकारी अवस्था अन्य कार्यालयहरुले पनि जारी गर्नु राम्रो होइन।’ लकडाउन कुनै दल वा विरोधको बन्द नभएको हुँदा आफुले आफुलाई नै सुरक्षित राख्नु बुद्धिमानी ठहर्ने उनले बताए ।

पत्रकार नारायण खड्काले अहिलेको विषम परिस्थितिमा अनलाईन पत्रकारिता एउटा भरपर्दौ विकल्प बनेको भएपनि विश्वसनियता जोगाइ राख्न हतारमा भन्दापनि तथ्यसत्य बुझेर मात्रै समाचार सम्प्रेसन गर्नुपर्ने सुझाए ।

अनलाई पत्रकारिता घरकै लकडाउनमा बसेर पनि गर्न सकिने भएको हुँदा सकभर यो विषम परिस्थितिमा फिल्डमा जानु भन्दा फोन मार्फत समाचार संकलन गर्न उनले आग्रह गरे । कार्यक्रमका सहभागिहरुले जिल्लामा लकडाउनको अवसरमा हालसम्म भएका प्रयासहरु, भाविदिनमा गर्नुपर्ने सुधारका बारेमा पनि छलफल भएको थियो ।

त्यस्तै किसानलाई आवश्यक पर्ने मल, विउविजनको सहज उपलब्धताको बारेमा अब सञ्चारकर्मीले सरोकारवाला निकाएहरुलाई चनाखो भएर खवरदारी गर्नुपर्ने समय आएको औंल्याएका छन् । राहात वितरण र कुनैपनि गरिव तथा अतिविपन्न परिवारलाई पर्न सक्ने समस्यामा बारेमा महत्व दिनुपर्ने विषयमा छलफलका सहभागिहरुको एकमत थियो । कार्यक्रमको सहजिकरण क्षेत्रीय संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका हुन ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *