वैशाख ५ । देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र पश्चिमी भू–भागका र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर दिउँसो सामान्य बदली हुनेछ भने मध्य, पूर्वका केही स्थान र पश्चिमका केहि स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा गरेको छ ।
राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार