२०८२ माघ ५ गते सोमवार

घोराहीमा प्रदेशसांसद संग छलफल

दाङ, बैशाख ४ । जिल्ला समन्वय समिति दाङले कोराना संत्रमणको प्रभावको बारेमा जिल्लाबाट प्रदेश नं. ५ मा प्रतिनिधित्व गर्ने सासदहरुसँग विहीवार छलफल गरेको छ । कोरानाले नागरिकमा पारेको प्रभाव र पालिकाहरुले कोरानाबाट जोगिन गरेको तयारी बारे अनुगमन गर्न छलफल भएको छ ।

छलफल पालिकाहरुमा निर्माण गरेका क्वारानटाइन, राहत वितरण लगायतमा केन्द्रित थियो ।
‘प्रदेश सासदहरुले पालिकाहरुले गरेको राहत वितरणदेखि अन्य विषयमा सुझाव राख्नु भएको छ’ समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘ ती सुझाव सम्बन्धित क्षेत्रमा पुर्याउन समितिले समन्वय र सहजिकरणको काम गर्ने छ ।’

छलफलमा सासदहरुले प्रत्येक गाउँपालिकाहरुले खाद्य बैंक स्थापना, राहत वितरण गर्न निवेदन माग , स्वास्थ्य सामाग्रीको वितरणलाई व्यवस्थित तथा प्रभावकारी बनाउन ,राहत प्राप्त गर्ने व्यक्तिको लगत लिदा वर्गीकरण गर्न भनेको छ ।

त्यस्तै विपतमा परेका राजमार्गमा हिड्ने पैदल यात्रुहरुलाई लमही र राप्ती गाउँपालिकाभित्र चिया, नास्ता तथा खानाको व्यवस्था मिलाउन, विदेश गएका र आएका मानिसहरुको अभिलेख अद्यावधिक राख्न, अतिविपन्न समुदायको अभिलेखिकरण राखि राहत वितरणमा पहिलो प्राथमिकता दिन समन्वय समितिलाई सुझाव दिएका छन् ।

त्यस्तै जेष्ठ नागरिकहरुको लगत अद्यावधि राखि स्वास्थ्य जाँच, खानपिन लगायत अन्य सुविधाहरु उपलब्ध गराउन, पालिकाहरुलाई आवश्यक पर्ने कृषि उत्पादन(मल, विउ, औषधी) को रेकर्ड लिएर त्यसको व्यवस्थापनको लागि सम्बन्धित निकायमा माग गर्न र ग्रामिण क्षेत्रमा उत्पादित तरकारी फलफूल लगायत कृषि उपज सामाग्रीहरुको सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवस्थापन गर्ने गर्न सुझाव दिएका छन् ।

छलफलमा प्रदेश सासदहरु डिल्लीबहादुर चौधरी, दामा शर्मा, इन्द्रजित चौधरी, अमरबहादुर डाँगी, रेवतिरमण शर्मा, सरस्वती गौतम र समन्वय समितिका प्रमुख, उपप्रमुख र समन्वय अधिकारीको सहभागिता थियो । समन्वय समिति प्रमुख नेपालीको अध्यक्षतमा भएको छलफलमा समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले पालिकाहरुले कोरानाबाट जोगिन गरेको तयारीको बारेमा सांसदहरुलाई जानकारी गराएका थिए । समन्वय समितिले केही दिन अघि १० वटै पालिकाहरुको अनुगमन गरेको थियो । छलफलमा सासदहरुसँगको सयुक्त अुनगमन गर्न सुझाव आएको र त्यो अनुसार कार्यगरिने समन्वय समितिका समन्वय अधिकारी सावित्रा पुन थापाले बताइन ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *