२०८१ बैशाख १३ गते बिहिवार

दाङमा १२ दिनमा साढे १२ हजार बढी परिवारलाई राहत


लिलाधर वली,
दाङ, बैशाख ४ । दाङमा १२ दिनको अवधीमा साढे १२ हजार बिपन्न घर परिवारलाई राहत वितरण गरिएको छ । बिश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका क्रममा समस्यामा परेका दैनिक मजदुरी गरि खाने गरिव, बिपन्न तथा मजदुर १२ हजार ५ सय ६१ घर परिवारलाई स्थानीय तहसंगै विभिन्न संघसस्थाहरुले खाद्यान्न सहयोग गरिका हुन ।

चैतको २१ गतेदेखि अहिलेसम्म जिल्लाको राजुपर गाउँपालिका बाहेक ९ वटा स्थानीय तहमा २७ हजार ६ सय ८२.५ किलो चामल वितरण गरिएको जिल्ला आपतकालिन कार्य सन्चान समितिका सूचना अधिकारी विश्व आर्यालले जानकारी दिएका छन । उनका अनुसार १७ हजार ५९.४ किलो दाल,१२ हजार १ सय ८३.५ किलो नुन, १० हजार ९ सय ४५ लिटर तेल र ११ हजार ३ सय २९ पिस हातधुनलाई सावुन वितरण गरिएको छ ।

लकडाउनका क्रममा घोराहीमा उपमहानगरपालिकामा १ हजार ६७ घर परिवारलाई राहत उपलब्ध गराइएको छ । उपमहानगरपालिकासंगै विभिन्न संघसस्थाहरुको समन्वयमा २१ हजार ७ सय ७० किलो चालम,१६ हजार ५ सय किलो दाल,नौ सय ९९ सय किलो नुन, ८ सय १९.५ लिटर तेल र ९ सय ४३ पिस सावुन वितरण गरिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ५ हजार ४९ परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ । जसमा १ लाख १० हजार १ सय ९० किलो चामल,४ हजार ६ किलो दाल,४ हजार ७ सय ७९ किलो नुन, ३ हजार ३ सय ६४ लिटर तेल र ७ हजार ३ सय ७० पिस साबुन वितरण गरिएको जिल्ला आपतकालीन सन्चालन समितिले जनाएको छ ।

लमही नगरपालिकामा १ हजार ७ सय २१ घरलाई खाद्यान्न उपलब्ध गराइएको छ । जसमा ४२ हजार १ सय ८० किलो चामल,१ हजार ८ सय ७० किलो दाल र एक हजार ४ सय ७५.५ लिटर तेल अतिबिपन्न परिवारलाई वितरण गरिएको छ ।

गाउँपालिलको यस्तो छ विवरण
गढवा गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : १५५२
चामल : ३५७६५.५ किलोग्राम
दाल : ३४८४ किलोग्राम
नुन : १४३२ किलोग्राम
तेल : २८६९ लिटर
साबुन : ००

शान्तिनगर गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ८८६
चामल : २२१५० किलो
दाल : ३५४४ किलो
नुन : ८८६ किलो
तेल : ८८६ लिटर
साबुन :००

बबई गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ७६१
चामल : २०८५ किलो
दाल : ७६१ किलो
नुन : १५२२ किलो
तेल : ७६१ लिटर
साबुन : १५२२ पिस

राप्ती गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ७५७
चालम : ६२०५ किलो
दाल : १२९५ किलो
नुन : ७४७ किलो
तेल : ६२९.५ लिटर
साबुन : १४९४ पिस

बङ्गलाचुली गाउँपालिका
राहत वितरण गरिएको घर संख्या : ५७०
चामल : १४९३० किलो
दाल : २८४ किलो
नुन : २५ किलो
तेल : ५३ लिटर
साबुन : ००

दङ्गीशरण गाउँपालिका
राहत वितरण गरिएको घर संख्या २०९
चामल : ३३२७ किलो
दाल : १६४.५
नुन : १७५ किलो
तेल : ८७.५ लिटर
साबुन : ००

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *