२०८२ मङ्सिर २२ गते सोमवार

तुलसीपुरका तीनसहित आज थप ८ को स्वाब भैरहवा पठाइयो


तुलसीपुर, बैशाख ४ । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका थप आठ जनाको स्वाब परीक्षणको लागि विहीवार भैरहवा पठाइएको छ ।

विहीवार स्वाब पठाइएका आठ जना मध्य चैत १७ गते बीरगन्जवाट कैलाली पुगेकी एक संक्रमित महिला संगै यात्रा गरेका दाङको राप्ती गाउँपालिका वडा नं. १ मा निवासी एकै परिवाका पाँच सदस्यपनि रहेका छन् ।

उनीहरुले चैत १७ गते बीरगन्जवाट दाङको भालुवाङ बजारसम्म संक्रमित महिलासंगै एउटै बसमा यात्रा गरेर आएका थिए । उनीहरुलाई मंगलवार बेलुकी अवेर खोजेर बेलझुण्डी अस्पतालको आइसोलेनसमा राखिएको छ ।

तुलसीपुरका तीन व्यापारीको स्वाब संकलन
विहीवार स्वाब परीक्षणको लागि पठाइएका थप तीन जनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित एक पसलक सञ्चालक र उनका दुई छोराहरुपनि रहेका छन् । तुलसीपुर बजार क्षेत्रमा ती पसलका सञ्चालक हालसालै भारतका मस्जिदबाट फर्केको हल्ला व्याप्त बनेपछि स्थानीय प्रहरी प्रशासनले त्यो आशंका निवारण गर्नको लागि बुधवार बेलुका मात्रै खोजेर बेलझुण्डी अस्पतालमा पु¥याएको थियो ।

यद्यपी उनका एक छोराले गत मंसिर यता आफ्नो बुवा छिमेकी देश भारत नगएको फरककोणलाई बताएका थिए । उनले आफ्नी आमा एक दिन आफन्तको मृत्युका कारण बहराईच गएपनि सोही दिन फर्केको फरककोणलाई प्रतिक्रिया दिएका थिए । तर उनकी आमालाई भने आइसोलेनसमा लगिएको छैन ।

सो सम्वन्धमा फरककोणले समाचार प्रकासित गरेपछि स्थानीय प्रशासनले उनीहरुको खोजी थालेको थियो । सबैको रिपोर्ट विहीवार बेलुका सम्म आइपुग्ने आशा गरिएको छ । बेलझुण्डी कोरोना विशेष अस्पतालवाट यसअघि ४० जनाको स्वाब परीक्षण भइसकेको छ । ४० जनाको स्वाब काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *