तुलसीपुर,वैशाख ३ । तुलसीपुर क्षेत्रका वित्तिय संस्थाहरुसँग बुधवार स्थानीय सरकारले छलफल गरेको छ । छलफलमा सामाजिक सुरक्षा भत्ताबाट जिवन निर्वाह गर्नेहरु समस्यामा परेको हुँदा तत्काल सबैको खातामा पैंसा जम्मा गर्ने निर्णय भएको छ ।
वैंकका प्रतिनिधिहरुले अशक्त, असहायहरुलाई वडाको समन्वयमा घरमै पुगेर समेत हातमै रकम दिन सक्ने बताएका छन् ।
विपदको घडीमा आफपुहरुले पालैपालो सेवा दिने गरेको भन्दै उनीहरुले कसैलाई पनि सेवावाट बञ्चित हुनु नपरोस भनेर आफुहरु सजक रहेको बताए ।
उनीहरुले उपमहानगरपालिकालाई आवश्यक परे राहत तथा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार